दफा २५
रोजगारदाता सूचीकरण नम्बर कायम नरहने
(१) प्रचलित कानून बमोजिम संस्थापना भएको सूचीकृत
रोजगारदाताको विघटन भएमा वा लिक्वीडेशनमा गएमा वा प्रचलित कानून बमोजिम दामासाहीमा परेमा
त्यस्तो रोजगारदाताले दफा १९ बमोजिम प्राप्त गरेको सूचीकरण नम्बर कायम रहने छैन ।
(२) उपदफा (१) बमोजिम सूचीकरण नम्बर कायम नरहेको रोजगारदाताको दायित्व भुक्तानी
सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।